सुत्केरीको उद्धार
बाजुरा | कात्तिक २५, २०८१
बाजुरा: जिल्ला अस्पताल बाजुराबाट सुत्केरीको आज दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
जिल्लाको हिमाली गाउँपालिका–५ की २२ वर्षीया प्रेमकला रोकायाको जिल्ला अस्पताल बाजुराबाट सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
सुत्केरी रोकायाको एउटा बच्चा गाउँमै जन्माएको र अर्को बच्चा जिल्ला अस्पताल बाजुरामा शल्यक्रिया गरेर जन्माएको भए पनि पेटमा समस्या आएकाले नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिनुभयो ।
उहाँको जानकारीअनुसार जिल्ला अस्पताल बाजुराले सुत्केरीको अवस्था जटिल भएकाले महिला तथा बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको हो ।
सुत्केरी रोकायाको यही कात्तिक २३ गते सामान्य अवस्थामा एक बच्चा घरमै जन्माउनुभएको थियो भने उहाँको स्वास्थ्यमा समस्या भएपछि हिमाली गाउँपालिकाको एम्बुलेन्समा जिल्ला अस्पताल बाजुरामा ल्याइएको थियो ।
जिल्ला अस्पतालमा २३ गतेकै साँझ ९ बजे शल्यक्रिया गरेर दोस्रो बच्चालाई जन्म दिनुभएको थियो । बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

